दार्जिलिङ २३ नम्बर वार्ड भागोप्रमोका कार्यकर्ताहरूले समाए हाम्रो पार्टीका झण्डा

20-02-49-m.jpg

दार्जिलिङ: दार्जिलिङ वार्ड नम्बर २३ का क्षेत्रीय कार्यकर्ता अनि नेतृत्वहरूले हाम्रो पार्टीका झण्डा समाए। सामेल हुनेहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वहरूले भेदभाव गरेको आरोप लगाउँदै हाम्रो पार्टीमा सामेल भएका छन्। दार्जिलिङ शहरको माल रोडस्थित पी कोठी हाम्रो पार्टीका कार्यालयमा वार्ड नम्बर २३ शिव ग्रामका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ता लगायत समर्थकहरू हाम्रो पार्टीमा सामेल भएका छन्।
यसरी सामेल हुनेहरूमा क्रमैसँग लाक्पा छिरिङ शेर्पा, प्रितम थापा, सुदत राई, रोहित बिके, बिशाल ठटाल, सुरज थामी, दोर्जे शेर्पा, सुमन तामाङ, सन्दिप सुब्बा, सुमन छेत्री, वाङ शेर्पा, मिलन सुब्बा, अभिषेक राई, सागर थापा, जिग्मी लेप्चा आदि छन्। हाम्रो पार्टीमा सामेल हुन अघि यी कार्यकर्ता एवम् समर्थकहरूले आफुहरु भागोप्रमोको कार्यकर्ता रहेको बताएका छन्।

About Author

Advertisement