खरसाङ: दार्जिलिङ हिमालयन रेलवे कन्ट्रयाक्टर वेलफेयर एसोसिएसनको तर्फबाट तीनधारेको गोलाई पाखास्थित राधाकृष्ण मन्दिरको ट्रस्ट गर्नलाई आर्थिक सहयोग प्रदान गरेका छन्। तीनधारेको गोलाई पाखास्थित मित्र संघद्वारा राधाकृष्ण मन्दिर परिसरमा आयोजना गरिने वार्षिक महापुराणको समयमा दार्जिलिङ हिमालयन रेलवे कन्ट्रयाक्टर वेलफेयर एसोसिएसनको पदाधिकारीहरुलाई निम्ताएको समय गत वर्ष एसोसिएसनको तर्फबाट मन्दिरको ट्रस्टको लागि आर्थिक सहयोग प्रदान गर्ने वचन दिएका थिए। सोही वचन अनुसार शुक्रबार एसोसिएसनको पदाधिकारीहरु उपस्थित भएर राधाकृष्ण मन्दिरको ट्रस्टको लागि आर्थिक सहयोग प्रदान गरेका छन्। यस अवसरमा दार्जिलिङ हिमालयन रेलवे कन्ट्रयाक्टर वेलफेयर एसोसिएसनको पदाधिकारीहरुको उपस्थितिमा उप सभापति रोशन तामाङको बाहुलीबाट मित्र संघ गोलाई पाखाका कोषाध्यक्ष पुकबहादुर नेवारलाई दुई लाख एक्काइस (२,२१,०००) हजार रुपियाँ प्रदान गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन रेलवे कन्ट्रयाक्टर वेलफेयर एसोसिएसनको सदस्य रञ्जित थापाले एसोसिएसनले गत वर्ष महापुराणमा आएको बेला दिएको वचन आज आएर पूरा गरेको जानकारी गराउँदै राधाकृष्ण मन्दिरको ट्रस्टको लागि २ लाख २१ हजार रुपियाँ मित्र संघको पदाधिकारीलाई हस्तान्तरण गरिएको बताएका छन्। त्यसरी नै मित्र संघ गोलाई पाखाको सचिव राजेस सेवा र कोषाध्यक्ष पुकबहादुर नेवारले मित्र संघ र राधाकृष्ण मन्दिरको तर्फबाट दार्जिलिङ हिमालयन रेलवे कन्ट्रयाक्टर वेलफेयर एसोसिएसनको पदाधिकारीहरुलाई धन्यवाद दिएका छन्। दुवैले राधाकृष्ण मन्दिरको ट्रस्टको लागि दार्जिलिङ हिमालयन रेलवे कन्ट्रयाक्टर वेलफेयर एसोसिएसनको पदाधिकारीहरुले आर्थिक सहयोग प्रदान गरेकोमा मित्र संघ र राधाकृष्ण मन्दिरको तर्फबाट नै विशेष धन्यवाद दिएका छन्।









