दार्जिलिङ सिक्किम एकीकरण मञ्चको सभा सम्पन्न

IMG-20221205-WA0273.jpg

दार्जिलिङ: दार्जिलिङ सिक्किम एकीकरण मञ्चको सभा मञ्चको सभापति डा गोकुल सिन्हाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा दार्जिलिङ सिक्किम एकीकरण मञ्चको कार्यकर्ताहरू सिक्किम, दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, मंग्पु क्षेत्रबाट उपस्थित रहेका थिए। सभामा दार्जिलिङको भूभाग संवैधानिक निकासको लागि भावी रणनीतिको कार्यक्रम विषयमा छलफल गरिएको छ। गोर्खाल्याण्डरूपी भावनात्मक आन्दोलनले हामीलाई नाफाभन्दा पनि नोक्सान बेसी भएको ठहर गर्दै ऐतिहासिक सत्य तथ्यको आधारमा सिक्किम दार्जिलिङ एकीकरणको मुद्दाले नै दार्जिलिङ भूभागको समस्या समाधान गर्ने ठोकुवा मञ्चको महासचिव शंकरहाङ सुब्बाले राखेका थिए। गोर्खा लीग्, बीजीएमपी जस्तो राजनैतिक पार्टीको संस्थापक सदस्य दावा लेप्चाले पनि यसै सभामा दार्जिलिङ सिक्किमप्रति गम्भीर रूपले लागि पर्ने प्रतिबध्दता जाहेर गर्दै मञ्चको सदस्यता लिएको जानकारी प्राप्त भएको छ। सभालाई खरसाङबाट बीके चामलिङ, बिजनबारीबाट अमीत सुब्बा, मंग्पुबाट सौरभ लोहार, मारेबुङबाट अनुप राणा, सिक्किमबाट सन्तकुमार दर्नाल, सुमन दर्नालले दार्जिलिङ भूभागको संवैधानिक निकासको लागि दार्जिलिङको भूभाग सिक्किमसित एकीकरण हुनुपर्छ भनी मांग गर्दै वक्तव्य राखेका थिए। सभाध्यक्ष डा. गोकुल सिन्हाले एकीकरणको शब्दको ब्याख्या गर्दै सिक्किम दार्जिलिङ एकीकरण समयको मांग रहेको र यस विषयमा सबैजना अघि आउने आह्वान गरेका छन् भनी प्रेस विज्ञप्तिमार्फत् सिक्किम दार्जिलिङ एकीकरण मञ्चको महासचिव शंकरहाङ सुब्बाले बताएका छन्।

About Author

Advertisement