दार्जिलिङ: पश्चिम बंगाल विधानसभा चुनाव २०२६ लाई केन्द्र गरेर दार्जिलिङ बजारमा केन्द्रिय बलको एक कम्पनी तैनात गरिएको छ। आजदेखि दार्जिलिङको सदर थानाबाट रुट मार्च शुरू गरिएको बताइएको छ। पुलिस अधिकारले बताए अनुसार पुलबाजार अनि जोरबंगलो क्षेत्रमा पनि रुट मार्च गरिनेछ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ टाउन, डीएसपी उज्ज्वल सरकारले विस्तृत जानकारी गराएका छन्।









