दार्जिलिङ: दार्जीलिङ प्रेस गिल्डले आगामी २८ फरवरीको दिन आफ्नो २५औं स्थापना दिवस पालन गर्ने निधो गरेको छ। दार्जिलिङ प्रेस गिल्डले आफ्नो २५औं स्थापना दिवसको अवसरमा आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानलाई समर्पण गरेर दार्जीलिङ प्रेस गिल्ड सम्मान उनकै परिवारका सदस्यलाई प्रदान गर्ने घोषणा गरेको छ। दार्जीलिङ प्रेस गिल्डले विगत केही वर्षदेखि पत्रकारिता, समाज सेवा तथा अन्य विधामा योगदान दिने व्यक्तित्वहरूलाई दार्जीलिङ प्रेस गिल्ड सम्मानले विभूषित गर्दै आइरहेको छ। यसपाली गिल्डको २५औं स्थापना दिवस भएको कारण यसपालीको सम्मानलाई आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानप्रति समर्पित गरिएको हो। जुन सम्मान पादरी गंगाप्रसाद प्रधानकै परिवारका सदस्यलाई प्रदान गर्ने दार्जीलिङ प्रेस गिल्डले निर्णय लिएको छ। यस विषयमा प्रेस गिल्डमा नै पत्रकार सम्मेलन आयोजना गरेर दार्जिलिङ प्रेस गिल्डका पदाधिकारीहरुले जानकारी गराएका छन्।

यस अवसरमा दार्जिलिङ प्रेस गिल्डका सभापति दिप गजमेर, सचिव आदित्य राया, सह सचिव धनराज घिसिङ, कोषाध्यक्ष एवं वरिष्ठ पत्रकार मोहन लामा उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सचिव एवं पत्रकार आदित्य राया र कोषाध्यक्ष एवं वरिष्ठ पत्रकार मोहन लामाले दार्जिलिङ प्रेस गिल्डको 25 औं स्थापना दिवसको अवसरमा दार्जिलिङ प्रेस गिल्ड सम्मानद्वारा आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानको परिवारलाई सम्मान गरिने भएको जानकारी गराएका छन्।









