दार्जिलिङ: लोकसभा सांसद राजु विष्टले दार्जिलिङ पहाड, तराई र डूवर्स क्षेत्रका जनता, विशेष गरी आदिवासी सन्थाल समुदायको तर्फबाट भारतकी राष्ट्रपति द्रौपदी मुर्मूप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
सांसद राजु विष्टले राष्ट्रपतिको यस क्षेत्रको भ्रमणले यहाँका जनतासँगको सम्बन्ध अझ सुदृढ बनाएको बताए। उनले राष्ट्रपति स्वयं ग्रामीण क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका कुरा सुन्नु अत्यन्त प्रेरणादायी भएको उल्लेख गरे।
उनका अनुसार राष्ट्रपतिको यस्तो आत्मीय उपस्थितिले दार्जिलिङ पहाड, तराई र डूअर्स क्षेत्रका जनतालाई अझ उत्साहित बनाएको छ र देशको उन्नति तथा समृद्धिका लागि ठूलो योगदान पुर्याउने प्रेरणा दिएको छ।
सांसदले राष्ट्रपतिप्रति पुनः धन्यवाद व्यक्त गर्दै उनको यस भ्रमणले क्षेत्रका जनतामा नयाँ उत्साह र आत्मविश्वास जगाएको बताए।









