सिलगढी: दार्जिलिङ जिल्ला कानूनी सहायता फोरमले आफ्नो २५ औं वार्षिकोत्सवको उत्सवमा दुई दिने तराई फुटबल महोत्सव आयोजना गर्ने तयारी गरेको छ। सोमबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो। कानूनी सहायता फोरमकाे रजत जयन्ती समारोहको एक हिस्सा रहेको याे फुटबल महोत्सव जुलाई १६ र १७ मा १६ टोलीको सहभागिता रहनेछ। संस्थाका अध्यक्ष अमित सरकारले चिया बगान क्षेत्रमा लागुऔषध दुव्र्यसन र बाल बेचबिखन जस्ता अपराध न्यूनीकरणका लागि आफूले गरेको प्रयासलाई प्रकाश पारे। महोत्सवले यी समुदायका युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्य राखेको छ।उत्तर बङ्गाल मेडिकल कलेजका डीन र कार्यक्रमका मुख्य प्रायोजक डा. सन्दीप सेनगुप्ताले चिया बगान क्षेत्रमा शिक्षाको कमीले अपराध दर बढेकोमा जोड दिए। उनले अपराध नियन्त्रणका लागि लिगल एड फोरमले गरेको पहलकदमीको प्रशंसा गर्दै फुटबल महोत्सव पनि यी प्रयासहरूको प्रमुख हिस्सा भएको बताए।










