दार्जिलिङ जिल्ला अस्पतालमा जन्म र मृत्युको प्रमाण पत्रमा‌ भएको त्रुटी सच्याउने तीन दिवसीय शिविर शुरु

IMG-20250623-WA0075

दार्जिलिङ: दार्जिलिङ जिल्ला अस्पतालबाट प्राप्त भएको जन्म र मृत्युको प्रमाण पत्रमा भएको भूललाई सच्चाउन आजदेखि दार्जिलिङ जिल्ला अस्पतालमा तीन दिवसीय त्रुटि सच्याउने शिविर शुरु भएको छ। पहिलो दिनको त्रुटी सच्याउने शिविरमा दार्जिलिङ बिजनबारी खण्ड क्षेत्रका‌‌ मानिसहरुलाई लिएर शिविर सम्पन्न भएको छ। पहिलो दिनको शिविरमा दार्जिलिङ बिजनबारी खण्ड अन्तर्गत पर्ने क्षेत्रका‌ मानिसहरुले यस शिविरमा आएर त्रुटी सच्याउने कार्य गरेका छन्। भोलि दोस्रो दिनको‌‌ शिविरमा जोरंबंगलो सुखे पोखरी खण्ड र तेस्रो दिन रंगली रंगलीयट खण्डका‌ मानिसहरुलाई लिएर आयोजना गरिने जानकारी प्राप्त भएको छ। दार्जिलिङ जिल्ला अस्पतालबाट प्राप्त भएको जन्म र मृत्युको प्रमाण पत्रमा‌ भएको त्रुटी सच्याउने शिविर विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको डेपुटी चेयरम्यान एंव दार्जिलिङ जिल्ला अस्पताल‌को प्रभारी राजेस चौहानले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले केही दिन अघि जीटीए प्रमुख अनित थापाको निर्देशनमा जन्म र मृत्युको प्रमाण पत्रमा भएको त्रुटीहरु सच्चाउने तीन दिवसीय शिविर आयोजना गर्ने सूचित गरेका थियौं र त्यही अनुसार आज धेरै मात्रामा मानिसहरु उपस्थित रहेका थिए भनी बताएका छन्‌। उनले यस शिविरमा हेर्दा धेरैको‌ त्रुटी भएको ज्ञात भएको र सच्चाइएको जन्म र मृत्युको प्रमाण पत्र संशोधनपछि डिजिटल रुपमा‌ प्रदान गरिने जानकारी गराएका छन्‌‌।

About Author

Advertisement