सिलगढ़ीः दार्जीलिङ जिल्ला माकपा एवं स्वर्गीय रतनलाल ब्राह्मण ट्रस्टको तर्फबाट बुधवार कमरेड रतनलाल ब्राह्मणको १२४औं जयन्ती पालन गरियो। दार्जीलिङ मोड़ क्षेत्र स्थित कम्युनिस्ट नेता रतनलाल ब्राह्मणको प्रतिमामा फूल र माल्यार्पण गरी कम्युनिस्ट नेताहरूले उनलाई याद गरे।
यस अवसरमा रतनलाल ब्राह्मण ट्रस्टका चेयरम्यान कमरेड जीवेश सरकार, माकपा दार्जीलिङ जिल्ला सचिवालय सदस्य कमरेड जय चक्रवर्ती, जिल्ला सदस्य स्निग्धा हाजरा, सागर शर्मा, माकपा एक नम्बर एरिया कमिटीका सचिव लक्ष्मण घोष, चम्पासरी-पाथरघाटा एरिया कमिटीका सचिव शम्भू प्रसाद र रतनलाल ब्राह्मणको परिवारका सदस्य उपस्थित थिए।
उल्लेख्य, स्वर्गीय रतनलाल ब्राह्मण पहाड़मा कम्युनिस्ट आन्दोलनको जनक मानिन्छन्। चिया कमान श्रमिक आन्दोलनमा पनि उनले महत्वपूर्ण भूमिका निभाएका थिए। अविभाजित बंगाल विधानसभामा उनी प्रथम कम्युनिस्ट नेता थिए, जो चुनिएर त्यहाँ पुगेका थिए। वर्ष २००२ मा तत्कालीन मुख्यमन्त्री ज्योति बसुले सिलगढ़ीको दार्जीलिङ मोड़मा उनको प्रतिमाको अनावरण गरेका थिए। तबदेखि यस ठाउँ हरेक साल उनको जयन्ती मनाइन्छ। आज उपस्थित नेताहरूले उनको प्रतिमामा माल्यार्पण गरी उनलाई याद गरे।










