दार्जिलिङ घुम्न आएका पर्यटकको मृत्यु

IMG-20250128-WA0197

दार्जिलिङ: दार्जिलिङ घुम्न आएका दक्षिण २४ परगना जिल्लाका एकजना पर्यटकको मृत्यु भएको छ। मृतकको नाम अमियोनाथ घोष (५५) हो।
जानकारी अनुसार अमियोनाथ घोषलाई गए बिहिवार राति दार्जिलिङको एक होटलमा अचानक हृदयघात भयो।
उनलाई जिल्ला अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। सूत्र अनुसार अमियोनाथ घोषको परिवार गत २८ जनवरीमा घरदेखि दार्जिलिङ घुम्नको लागि हिँड़ेका थिए। उनीहरू २९ जनवरीको बिहान एनजेपीमा आइपुगे अनि सोझै कालेबुङ गए। जहाँ उनीहरूले एक दिन बिताएपछि ३० जनवरीमा दार्जिलिङको मल रोडस्थित एक होटलमा बसेका थिए। यसै अवधि उनलाई हृदयाघात भयो। हतार-हातर उनलाई जिल्ला अस्पतालमा लगियो जहाँ उनको मृत्यु भयो। शुक्रवार मृतक अमियोनाथ घोषको शवलाई उनको घरमा पठाइयो।

About Author

Advertisement