रिम्बी-तिम्ब्रोङ सड़क मार्ग चाँड़ो पुर्वहाली होसः मन्त्री भोटिया

IMG-20241229-WA0206

गान्तोक: पश्चिम सिक्किमको योकसम-टासिडिङ निर्वाचनमा पैह्रोका कारण अवरूद्व रहेको रिम्बी-तिम्ब्रोङ सडक मार्गको क्षेत्र विधायक तथा मन्त्री छिरिङ टी भोटियाले स्थलको भ्रमण गरी जायजा लिएका छन्। स्थितिको प्रत्यक्ष अवलोकण गर्दै मन्त्रीले सम्बन्धित विभागसँग समन्वय गरेर तत्काल पुनस्र्थापना प्रयास शुरू गर्न निर्देशन दिएका छन्।
स्थानीयवासीका लागि सम्पर्क सुनिश्चित गर्न सडक बहालीमा जोड दिँदै मन्त्री भोटियाले सुरक्षित र छिटो छरितो रुपमा मार्ग सञ्चालन गर्न आवश्यक स्रोत साधन र जनशक्ति परिचालन गरिने विश्वास दिलाएका छन्।
अर्कोतिर सरकार प्रभावित समुदायको आवश्यकतालाई सम्बोधन गर्न प्रतिबद्ध रहेको मन्त्रीले बताएका छन्।

About Author

Advertisement