दार्जिलिङमा महामहिम दलाई लामाको ९०औं जन्मदिन पालन

IMG-20250706-WA0112

पवित्र दलाई लामाको ठूलो सन्देश नै शान्ति हो: अनित थापा

दार्जिलिङ: म हरेक बिहान महामहिम दलाई लामाको सन्देश पाउँछु। उहाँको सन्देशले मलाई ऊर्जा दिन्छ। मलाई सकरात्मक भाइभ दिन्छ। म अन्योलतामा रहेको समय मलाई गोरेटो देखाउँछ। उहाँ युगपुरुष हुनुहुन्छ। उहाँको शान्तिको सन्देशले विश्वलाई नेतृत्व दिन्छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्‌। उनले दार्जिलिङमा महामहिम दलाई लामाको ९०औं जन्मदिन पालन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका छन्। उनले यस अवसरमा भने, ‘मैले पक्कै पनि मेरो पहिलाको जन्ममा पुण्यको काम गरेको थिएछु। यसैले आज मैले वहाँको जन्मदिनमा केक काट्ने सौभाग्य पाएँ।’


थापाले अझ भने, ‘पवित्र दलाई लामाको ठूलो सन्देश नै शान्ति हो। सहनशीलता अनि शान्तिले मानिसलाई सञ्चोसँग बस्नु दिन्छ अनि प्रगति पथमा हिँड्नु अवसर प्रदान गर्छ।’

About Author

Advertisement