दार्जिलिङमा भाषा मान्यता दिवस समारोह साथै जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभा सम्पन्न

IMG-20250820-WA0092

खरसाङ महाविद्यालय विजय

दार्जिलिङ: नेपाली भाषा मान्यता दिवसको अवसरमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ केन्द्रीय समितिको आयोजनामा जीटीए स्तरीय महाविद्यालय स्तरीय तर्क सभाको फाइनल सम्पन्न भएको छ। उक्त कार्यक्रम दार्जीलिङ पार्वत्य विश्वविद्यालयको रजिष्टर सुजतारानी राईको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। शिक्षक दिव्यत्तम अधिकारीले‌ सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण विद्यार्थी महासंघ केन्द्रीय उपाध्यक्ष एवं सभासद सन्दीप छेत्रीले राखेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका‌ बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलनमाथि वृत्त चित्र प्रस्तुत गरिएको थियो भने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको शुभकामना सन्देश पनि देखाइएको थियो। यसै कार्यक्रममा विद्यार्थी महासंघको तर्फबाट पीएचडी पूरा गर्ने पहाडका चारजनालाई सम्बर्ध्दना जनाइएको छ‌। यस क्रममा डा वर्षा छेत्री, डा प्रियदर्शनी प्रधान, डा. भुपेन रोका, डा बिनायक सुन्दास आदिलाई सम्मान जनाइएको छ। कार्यक्रममा प्रिया रामुदामु र लोकेश राईले कविता वाचन गरेका थिए। कार्यक्रममा भाषाबारे वार्ता शिक्षक एंव कार्यक्रमको संयोजक‌ सागर शर्माले राखेका थिए। उनले नेपाली भाषा मान्यताको आन्दोलन र वर्तमान अवस्था विषयमा वार्ता प्रस्तुत गरेका छन्।‌ यसै कार्यक्रममा जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको फाइनल खरसाङ महाविद्यालय र साउथ फिल्ड महाविद्यालयमाझ सम्पन्न भएको छ। उक्त तर्क सभामा निर्णायकको रुपमा आकाशवाणी खरसाङको पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आले, प्राध्यापक डा कुशल गोले, वरिष्ठ पत्रकार मोहन लामा, कवि एवं पत्रकार शरण मुस्कान, शरदकुमार नेपाल रहेका थिए भने समय सूचकको रुपमा शिक्षक देवाशिष जोशी रहेका थिए।‌यस तर्क सभाको विषय -जातीय उत्थानमा जनसंख्याको महत्व छ कि छैन।

यस विषयमा पक्षमा खरसाङ महाविद्यालय र विपक्षमा साउथ फिल्ड महाविद्यालय रहेका थिए। यस जीटीए स्तरीय तर्क सभामा खरसाङ महाविद्यालयले बिजय हाँसिल गरेर जीटीए स्तरीय अन्तर महाविद्यालय तर्क सभाको उपाधि जित्न सफल बनेको छ। कार्यक्रममा प्रमुख अतिथि जीटीए चेयरम्यान अञ्जुल चौहानले आफ्नो सम्बोधनमा भने, नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको दिन हो जुन दिनलाई हामीले खुशी मनाईरहेका छौं।‌ भारतमा जनआन्दोलन गरेर प्राप्त गरेको सबैभन्दा ठूलो कुरा नै भाषाको मान्यता हो। भाषा मान्यताको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने भाषा संग्रामीहरुलाई सम्झनुपर्छ र सम्मान गरिनुपर्छ।’


चौहानले भाषा सबैभन्दा महत्वपूर्ण हुन्छ र हामीले सपना पनि आफ्नै भाषामा देख्नुपर्छ भनी बताएका छन्। उनले गत केही दिन अघि मङ्पुमा नेपाली भाषामाथि भएको घटनाको घोर भर्त्सना गरेका छन्। कार्यक्रममा सभाध्यक्ष सुजतारानी राईले सम्बोधन गरेका थिए। कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई आयोजक समितिको तर्फबाट सम्मान जनाइएको थियो।‌ कार्यक्रममा धन्यवाद ज्ञापन विद्यार्थी महासंघ केन्द्रीय समितिको कार्यकारी सभापति विश्वास छेत्रीले राखेका थिए।‌ कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ केन्द्रीय समितिको सभापति विश्वास गुरुङ, कार्यकारी सभासदहरु कल्पना प्रधान, अनोश थापा, सतीश पोखरेल, योगेन्द्र प्रधान, सभासद श्याम शेर्पा, दार्जिलिङ नगरपालिकाको चेयरम्यान दिपेन ठकुरी, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए।‌

About Author

Advertisement