दार्जिलिङमा बन्दको मिश्रित प्रभाव

IMG-20240828-WA0153

बन्दको समर्थनमा भाजपा अनि विरोधमा भागोप्रमो सड़कमा

दार्जीलिङ: भारतीय जनता पार्टीले डाकेको राज्यव्यापी १२ घण्टा बन्दको दार्जिलिङ पहाड़मा मिश्रित असर देखिएको छ। विशेष गरेर दार्जिलिङ बजार क्षेत्रमा आज बिहान केही दोकानहरू बन्द भए पनि प्राय: जस्तो दोकानहरू खुल्ला नै देखिएको छ भने गाड़ीहरू पनि कुदिरहेको देखिएको छ। तर पनि बिहान भारतीय जनता पार्टीको कार्यकर्ताहरूले पिढितालाई न्याय दिनुलाई १२ घण्टाको लागि दोकानहरू बन्द गरिदिने आह्वान् गर्दै गरेको भने देखियो। भारतीय जनता पार्टीको कार्यकर्ताहरूले दोकानेहरूलाई दोकानहरू बन्द गरिदिने निवेदन गरेपछि भने दोकानहरू बन्द हुन थालेको देखिएको छ। अर्कोतिर बन्दको विरोधमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय पदाधिकारीहरू पनि दार्जिलिङ बजारको मुख्य सडकमा निस्केको देखियो। भारतीय जनता पार्टीको कार्यकर्ताहरूले दोकानहरू बन्द गर्ने निवेदन गरिरहेको देखियो भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय नेतृत्वहरूले दोकानहरू खुल्लै राखिदिने आह्वान् गर्दै गरेको देखियो। उनीहरूले दशैंको मुखैमा व्यापार चलाउन आवश्यक रहेको तथा हामी पहाड़मा बन्दरहित शान्ति चाहान्छौं भनी आह्वान् गर्दै गरेको पनि देखिएको छ। भागोप्रमोले हाम्रो लागि चाहिएको बेला बोलिदिने कोही हुँदैन तर यो दशैंको मुखैमा दोकानहरू बन्द गर्नु हुँदैन खोल्नुपर्छ भनी आह्वान् गरेका छन्। यसको साथै उनीहरूले हामी दोषीले कठोर सजाय पायोस् भन्ने चाहान्छौं तर बन्दको माध्यमले होइन भनी बताएका छन्।

बन्दको विरोधमा दार्जिलिङमा भागोप्रमो केन्द्रीय महासचिव अमर लामा, केन्द्रीय प्रवक्ता केशवराज पोखरेल, दार्जिलिङ महकुमा अध्यक्ष, युवा शक्ति केन्द्रीय अध्यक्ष अमृत योञ्जन लगायत अन्यहरू पदाधिकारीहरू देखियो। त्यसरी नै भारतीय जनता पार्टीको तर्फबाट पार्टी कार्यकर्ताहरू पनि सड़कमा उत्रेको देखियो। समग्रमा भन्दा दार्जिलिङ पहाड़मा बन्दको मिश्रित असर देखिएको छ।

About Author

Advertisement