दार्जिलिङमा गोर्खा जनजाति बन्बो उत्सव पालन

IMG_20220812_160559.jpg

दार्जिलिङ: आज दार्जिलिङमा गोर्खा जनजाति बन्बो उत्सव पालन गन्यो। उक्त उत्सव गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो जातिको संस्कृति अनि परम्परालाई संरक्षण गर्ने उद्देश्य लिएर पालन गरिएको हो। दार्जिलिङको रेलवे स्टेसन परिसरबाट आज बिहान धामी-झाक्री, माता, बिजुवाहरू लगायत गोरामुमोका समर्थकहरूको उपस्थितिमा एउटा शोभा यात्राको शुरुआत गर्दै दार्जिलिङ बजार परिक्रमा गरेर अन्तमा चौरास्तामा पुगेपछि विधिपूर्वक पुजा आर्चना गरेर बन्बो उत्सवको समापन गर्यो। गोर्खा जनजाति बन्बो उत्सवमा धामी झाक्री, माता, बिजुवाहरूले आज चौरस्तामा पुजा-अर्चना गर्दै हाम्रो गोर्खा जाति जनजाति रहेको कुरा प्रमाणित गरेर देखाए। स्मरण रहोस, गोरामुमो-का संस्थापक अध्यक्ष सुबास घिसिङले शुरुआत गरेको गोर्खा जनजाति बन्बो उत्सवलाई पार्टीले प्रत्येक वर्ष गुरू पुर्णिमाको दिन पालन गर्दै आइरहेको छ भने यसलाई निरन्तरता दिँदै पार्टी अध्यक्ष मन घिसिङको निर्देशनमा यस वर्ष पनि भब्य रुपमा बन्बो उत्सव पालन गरियो।

About Author

Advertisement