दार्जिलिङको साउथफिल्ड कलेजमा अमेरिकी डेपुटी कन्सुलेको भ्रमण

IMG-20250509-WA0178

दार्जिलिङ: दार्जिलिङको साउथफिल्ड कलेजमा अमेरिकी डेपुटी कन्सुलेको भ्रमण गरेका छन्। युनाइटेड स्टेट्सका डेपुटिटी कन्सुलेट, कोलकता म्याथ्यू विट्ज अनि केया मुखर्जी कलेज भ्रमण गरे। यस कार्यक्रमका लागि केही सप्ताहदेखि कलेजका प्राचार्या डा. अनुराधा राईसित सम्पर्क गरिरहेका थिए। यिनीहरूले कलेजका प्राचार्य लगायत शिक्षणगणसित पनि भेट गरीकन शिक्षा व्यवस्था सम्बन्धित जानकारी लिए। यिनी सितको सौहार्दपूर्ण भेटघाटमा दार्जिलिङबाट अमेरिकातिर शिक्षाग्रहण गर्न जानचाहने विद्यार्थीहरूलाई आवश्यक सहायता पुऱ्याउने वाचा पनि गरे। यस क्षेत्रका कतिपय विद्यार्थीहरू अमेरिकातिर जानचाहे तापनि भिजा अथवा आवश्यक कागजातका निम्ति भ्रमित भएर कठिनाइ हुन सक्ने तथा त्यसका निम्ति कोलकत्ता स्थित कन्सुलेटले यथासम्भव सहायता पुऱ्याउने जानकारी पनि गराए। यस भेटवार्तामा कलेजका आन्तरिक मूल्याङ्कन एवं प्रात्यायन समितिका समन्वयक विशाल क्षेत्रीले क्षेत्रीय आपदालाई मध्यनजर राख्दै कलेजमा आपदा प्रबन्धन विभाग स्थापन गरीकन अनुसन्धानलाई अघि बढाउने जानकारी गराए। यस सम्बन्धमा डेपुटी कन्सुलेट माथ्युले आफ्नो विशेष संज्ञानमा लिएको जानकारी गराए। कार्यक्रम डा. अनुराधा राईको सभपतित्वमा भएको थियो भने यस समाचारलाई मिडिया समन्वयक सदिप प्रधानले जानकारी दिएका छन्।

About Author

Advertisement