दार्जिलिङको श्री महाकाल मन्दिरमा मुख्यमन्त्रीद्वारा पूजा अर्चना

FB_IMG_1776008743427

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङ ले आइतबार श्री महाकाल मन्दिर को भ्रमण गरी पूजा अर्चना गरेका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्दिर दर्शनको अनुभव साझा गर्दै विभिन्न आस्थाहरूको समन्वय र विविधतामा एकताको भावनालाई प्रतिनिधित्व गर्ने यस पूजनीय स्थलको भ्रमण गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेका छन्।
उनले मन्दिरको पवित्र तथा शान्त वातावरणमा सिक्किमका जनताको तर्फबाट प्रार्थना अर्पण गर्दै शान्ति, समृद्धि तथा राज्यको निरन्तर कल्याणका लागि दिव्य आशीर्वादको कामना गरेका छन्।

मुख्यमन्त्रीले यस पवित्र धामको दिव्य कृपाले सम्पूर्ण मानवजातिलाई सद्भाव, करुणा र सामूहिक प्रगतितर्फ मार्गदर्शन गरोस् भन्ने कामना गर्दै यसको पवित्रताले प्रत्येक व्यक्तिको हृदयमा आशा र आध्यात्मिक ऊर्जाको प्रेरणा जगाओस् भन्ने प्रार्थना गरेका छन्।

About Author

Advertisement