दार्जिलिङको राहुल सासरले नर्थ बेङ्गल ओपन बेञ्च प्रेस च्याम्पियनशिप २०२४ मा सिल्भर मेडल जित्न सफल

IMG-20240715-WA0231

दार्जिलिङ: दार्जिलिङस्थित ओलिम्पस फिट्नेस स्टुडियोका सदस्य राहुल सासरले हालै सम्पन्न नर्थ बेङ्गल ओपन बेञ्च प्रेस च्याम्पियनशिप २०२४ मा उत्कृष्ट प्रदर्शन गर्दै सिल्भर मेडल जित्न सफल भएका छन्। नर्थ बेंगाल मेन्स एण्ड वुमेन्स ओपेन क्लासिक एण्ड थर्ड मेन बेञ्च च्याम्पियनशीप २०२४ मा पावर लिफ्टिङ दार्जिलिङको आयोजनमा एनजेपीको लिफ्ट एण्ड प्रेस जिममा आयोजित पावर लिफ्टमा उनले दोस्रो स्थान हाँसिल गरे। यस प्रतियोगितामा नर्थ बेङ्गालका २५० भन्दा बढी प्रतियोगीहरुलाई उच्छिन्दै राहुल सासरले आफ्नो ओलिम्पस जिमको नाम रोशन गरेको जानकारी प्राप्त भएको छ। उनको यस ऐतिहासिक जीतको उपलक्ष्यमा जिमको तर्फबाट कृष्ण तामाङले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। राहुलको यो सफलता मात्र उनको व्यक्तिगत उपलब्धि नभएर सम्पूर्ण ओलिम्पस फिट्नेस स्टुडियो र दार्जिलिङका लागि गर्वको विषय बनेको छ।

About Author

Advertisement