दार्जिलिङ: दार्जिलिङको चिडियाखानामा अहिले हिउँ चितुवाको संख्या १३ पुगेको छ। दार्जिलिङको पद्मजा नायडू हिमालयन जियोलजिकल पार्कमा गत अप्रेलमा तोपकेडाँडा प्रजनन केन्द्रमा दुईवटा बच्चा जन्मिएपछि हिउँ चितुवाको संख्या १३ पुगेको छ। दार्जिलिङको पद्मजा नायडू हिमालयन जियोलजिकल पार्कको निर्देशक बसवराज होल्याचीका अनुसार, रेयर नामक फिमेल र नम्खा नामक मेलबाट ती बच्चाहरू जन्मिएका हुन्। “आमा र बच्चा दुवै स्वस्थ छन् र प्रजनन केन्द्रमा नजिकबाट निगरानी भइरहेको छ।”

हाल चिडियाखानामा १३ वटा हिउँ चितुवा छन् जसमध्ये ४ मेल र ७ फिमेल छन् भने भर्खरै जन्मेका बच्चाहरूको लिङ्ग पहिचान हुन बाँकी रहेको चिडियाखानाका अधिकारीले बताएका छन्।










