दार्जिलिङको उच्च स्थान सन्दकपुमा हिमपात, खरसाङको उच्च स्थानमा असिना

IMG-20231213-WA0178.jpg

दार्जिलिङ: दार्जिलिङ पहाड़को उच्च स्थान सन्दकपुमा वर्षको दोस्रो हिमपात परेको छ। आज दिउँसो सन्दकपुमा परेको हिमपातले दार्जिलिङ पहाड़मा जाड़ो अझ बढाएको छ। केही दिन अघि मात्रै सन्दकपुमा यस वर्षको पहिलो हिमपात परेको थियो भने आज दोस्रो हिमपात पनि परेको छ। दार्जिलिङ पहाड़को उच्च स्थान सन्दकपुमा वर्षको दोस्रो हिमपात परेको छ भने यता खरसाङको उच्च स्थानहरू चिमनी, देवराली, सिमाना क्षेत्रमा असिना पानी परेको छ। चिमनीको हेरिटेज गार्डन क्षेत्रमा आज दिउँसो असिना परेर क्षेत्र नै सेताम्मे भएको छ भने खरसाङ क्षेत्रमा चिसो पनि निक्कै बढेको छ।

यसको साथै दार्जिलिङ पहाड़को उच्च स्थान सन्दकपुतिर वर्षको दोस्रो हिमपात परेको छ जसको कारण पहाड़मा जाड़ो ह्वात्तै बढेको छ।

About Author

Advertisement