दार्जीलिङ। दार्जीलिङ नगरपालिकाले सवैलाई समेटेर काम गरिरहेको सफाई विभागीय नगरपार्षद दीपेन्द्र ठाकुरीले बताएको छ। दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर ३ को विभिन्न क्षेत्रहरूमा फोहोर मैलाहरूको थुप्रो पढेको स्थानीय बासिन्दाहरूले जानकारी गराएपछि आज बिहान दार्जीलिङ नगरपालिकाले ती सवै फोहोर मैलाहरू उठाएर साफ सफाई गरेको जानकारी नगरपार्षद ठकुारीले दिएका छन्। दार्जीलिङ नगरपालिका को वार्ड नम्बर २ बाट निर्वाचित नगरपार्षद दीपेन्द्र ठाकुरी दार्जीलिङ नगरपालिका बोर्डमा सफाई विभागीय नगरपार्षदको पदभारमा कार्यरत रहेका छन्। दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर ३ को विभिन्न क्षेत्रहरूमा फोहोर मैलाहरू त्यसै पढिरहेको स्थानीय बासिन्दाहरूले आफुलाई जानकारी गराएपछि आज आफुहरूले ती फोहोर मैलाहरू उठाए सफा बनाई दिएको तिनले बताए। दार्जीलिङ नगरपालिकाको विपक्षी नगरपार्षदहरूले दार्जीलिङको बोर्डले भेदभाव पूर्ण कामहरू गरिरहेको जस्ता आरोप र लान्छनाहरू लगाउने गरेको छ तर ती सवै आरोप र लान्छनाहरू आधारहीन रहेको तिनले बताए। नगरपार्षद ठकुरीले अघि भने, विपक्षी नगरपार्षदहरूले तिनीहरूको क्षेत्रहरूमा आइरहेको समस्याहरूलाई कमसेकम पालिकालाई जानकारी गराए ती समस्याहरूको समाधान गरिने दिशामा पहल हुनेछ भन्ने बताए तर एक जिम्मेवार नगरपार्षदले आफ्नो दाहित्वलाई अनदेखा गर्नु उचित होइन भन्ने नगरपार्षद ठकुरीले भने। दार्जीलिङ नगरपालिकालाई नगरपालिकाको ३२ वटा बार्डहरूमा नै सम्मान नजर राखेर कामहरू गर्दै आएको नगरपार्षद ठकुरीले दोहोराए।










