दाङमा सामुदायिक वनले टिमुरका विरुवा बिक्री गरि बार्षिक आम्दानी गर्यो

IMG-20241020-WA0067

दाङ घोराही: दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्ने गरेको छ। बङ्गलाचुली गाउँपालिका-४, जुम्लेपानीमा रहेको जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा उत्पादनसँगै बिक्री गरेर दुई लाखभन्दा बढी वार्षिक आम्दानी गर्ने गरेको हो।
महत्वपूर्ण जडीबुटीका रूपमा रहेको टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाभित्रसँगै प्युठान, रोल्पा, सल्यान, रुकुमलगायतका जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताउनुभयो। जङ्गलमा पाइने टिमुरलाई व्यावसायिक बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले करिब पाँच वर्षअघिदेखि नर्सरीका रूपमा विकास गरिएको अध्यक्ष बुढाले बताउछन। नर्सरीका रूपमा विकास भएपछि बङ्गलाचुलीसँगै जिल्लाका विभिन्न सामुदायिक वन समूहसँगै जिल्ला बाहिरका वन समूह तथा व्यक्तिहरूलाई बिरुवा बिक्री गर्ने गर्दै आम्दानी लिने गरेको उनले बताए।

About Author

Advertisement