दशै र तिहारमा विद्युत सेवामा बाधा नहुने मिरिकका एस. एस. ईशान्त लामाले दिए वचन

tihar-festival-12-15847.jpg

मिरिक: यसपालीको दशै अनि तिहारमा विद्युत सेवा ठप्प नहुन दिनका लागि मिरिक विद्युत विभागले कम्मर कसेको मिरिक विद्युत विभागका एस. एस. ईशान्त लामाले बताएका छन्। उनले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा वर्तमानमा देखा परिरहेको कतिपय समस्याहरूको पनि यथाशिघ्र समधान गर्न विभागले कार्य गरिरहेको बताए। मिरिक क्षेत्रको कतिपय ठाउँहरूमा विद्युत सेवामा घरि घरि बाधा आइरहेको र ती ठाउँहरूमा पनि कार्य गर्दै आइरहेको बताए। उनले कतिपय ठाउँमा विभागका कार्मचारीहरूले कार्य गरिरहेको समय विद्युत सेवामा बाधित हुने गरे पनि सबैले उक्त समस्यालाई बुझिदिने उनले आह्वान गरे। यसका साथै विभागका कर्मचारीहरू गाउँ घरमा कार्य गर्न आएको समय ग्रामवासीले पनि उनीहरूलाई स्वतन्त्र रूपमा कार्य गर्न दिने अनुरोध गर्दै बिजुलीको तारमा लागेको बाँसको पत्तालगायत रूखको हाँगाबिँगा काट्नु पर्ने बताए। विभागले कतिपय ठाउँहरूमा मक्किएको बिजुलीको खाँबाहरू पनि परिवर्तन गर्ने कार्यहरू भइरहेको एसएस लामाले बताए।

About Author

Advertisement