दशैका लागि खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीले खसी बोका खरीद गारयो

IMG-20241006-WA0186

भद्रपुर: दसैंका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमांडू पठाएको हो।
प्रत्येक वर्ष दाङबाट काठमाडौं खसीबोका पठाउने गरिएको छ। दाङबाट शनिबार एक सय ९३ र रविबार दुई सय खसीबोका काठमांडू पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जनाएको छ।
जिल्लाबाट केन्द्रीय कार्यालयमा खसीबोका पठाउने र त्यहाँबाट सर्वसाधारणका लागि किनबेच खुला गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले बताए। उनका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजीसम्मका बोका खरिद गरी काठमांडू पठाइएको हो।
जिउँदो खसी प्रतिकेजीको रु ५ सय ६० र बोका प्रतिकेजीको रु ५ सय ४० को दरमा खरिद गरिएको उनले जानकारी दिए। उनका अनुसार यस वर्ष चार सयमात्र खसीबोका जिल्लाबाट माग भएकाले सो अनुसार पठाइएको हो।
गत वर्ष दाङबाट खाद्यले सात सय ५६ वटा खसीबोका खरिद गरी काठमांडू पठाएको थियो। यस वर्ष भने वर्षाले गर्दा खरिदबिक्री कम हुनसक्ने आकलन गर्दै चार सय मात्र पठाइएको प्रमुख सुनारले बताए।

About Author

Advertisement