दशैंको मुखैमा सिङ्ताम चियाबारीको म्यानेजरहरू बगान छोडेर भागे

IMG-20240925-WA0343

दार्जिलिङ: सिङ्ताम चिया बगानको म्यानेजरहरू बगान बन्द गरेर भागेपछि बगानका श्रमिकहरू ठूलो अन्योल र समस्यामा परेको जानकारी प्राप्त भएको छ। यो कठिन परिस्थितिमा उनीहरूको समस्याको समाधान गर्न र उनीहरूको मर्म बुझ्न, भागोप्रमो सदर १ समष्टिका अमृत योञ्जन स्वयम् चिया बगानमा पुगेको जानकारी प्राप्त भएको छ। श्रमिकहरूको हक, अधिकार र भविष्यको सुरक्षा सुनिश्चित गर्न उनले छलफल र समस्याको समाधान निकाल्नलाई प्रयास जारी राखेको बताइएको छ।

श्रमिकहरूको दुःख र चिन्तालाई सम्बोधन गर्दै उनले स्थानीय प्रशासन र सम्बन्धित निकायहरूसँग तत्काल समाधानका लागि पहल गर्नुपर्ने आवश्यकता बोध गराएका छन्। यसको साथै उनले श्रमिकहरूको अधिकारको रक्षा गर्न र उनीहरूको जीविकोपार्जनमा स्थिरता ल्याउन कटिबद्ध रहेको प्रतिवद्धता पनि व्यक्त गरेका छन्। यसको साथै चियाबगान बन्द अवधि कुनै घट्ना नहोस् भनी डे अनि नाइट गार्ड लगाउने भनी सबै श्रमिक संगठन लिएर सभा बसी हस्ताक्षर गरेका छन्।

About Author

Advertisement