दलेपमा विकसित कृषि संकल्प अभियान

IMG-20250609-WA0251

नाम्ची: विकसित कृषि संकल्प अभियानको नवौ दिनमा नाम्ची जिल्लाको राभाङला अन्तर्गत बाकिम र दलेपमा एक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विधायक एवं भवन तथा आवास विभागका सल्लाहकार रिक्सल दोर्जी भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित थिए। राष्ट्रीयव्यापीरूपमा गत केही दिनदेखि शुरू भएको विकसित कृषि संकल्प अभियानको समापन आगामी १२ जूनको दिन हुनेछ। विशेष गरेर देशभरिका कृषकहरूलाई कृषिसम्वन्धी जागरूकता गर्ने उद्देश्यले उक्त अभियानको शुरूवात गरिएको हो। उक्त कार्यक्रमको आयोजन कषि विज्ञान केन्द्र, आइसीएआर र राज्य सरकारको कृषि, वागवाणी, पशुपालन, पशुधन र आत्माको संयुक्त पहलमा आयोजना गरिएको हो। कार्यक्रममा कृषि विभागका वैज्ञानिक, विभागका अधिकारी लगायत तृणमूलस्तरमा रहेका कृषकहरूले आधुनिक खेतीलाई बढावा दिने उद्देश्यबारे छलफल गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक भोटियाले कृषकहरूलाई आयस्रोतमा वृद्धिका निम्ति आधुनिक तकनिकीको प्रयोग गर्ने प्रोत्साहित गरे। सोही प्रकारले स्रोतवक्ताले राज्य सरकारले कृषकहरूको हितमा शुरू गरेको विभिन्न योजनाबारे जानकारी गराउँदै यसको लाभ उठाउनु पर्ने आग्रह पनि गरे।

About Author

Advertisement