दलित विपन्न महिलालाई नि:शुल्क अटाे

IMG-20240914-WA0014

भद्रपुर: माेरङकाे सुन्दरहरैँचास्थित दशै तिहारकाे अवसर पारेर विराटचाेक आसपास रहेका महिला अटाेचालकहरूलाई सम्मान तथा मायाकाे चिनाे वितरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा कन्काई इन्टरप्राइजेज टिभिएस विराटचाेक तथा साहस फाउन्डेसन नेपालकाे सहकार्यमा दलित अति विपन्न महिलाहरूलाई उद्यमी बनाउँन नि:शुल्क रूपमा तीन पाङ्ग्रे अटाे सहयाेग गरे वापतमा साहस नेपालका प्रतिनिधिलाई सम्मानपत्र समेत प्रदान गरिएकाे थियाे।
कार्यक्रममा ७ जना अटाेचालक विपन्न महिलाहरूलाइ सम्मान गरिएकाे थियाे। कम्पनीले दशैकाे उपहारमा माेवाइल, जिराे प्रतिशत फाइनान्स तथा पुरानो गाडी साटने सुविधा उपलब्ध गराएकाे कन्काई इन्टरप्राइजेजका सञ्चालक चन्द्रमणि दाहालले जानकारी दिए।

About Author

Advertisement