दलसिंहपाड़ा, कालचिनी र चुवापाड़ा ग्राम पञ्चायतमा शान्तिपूर्ण बोर्ड गठन, जयगाउँ एकको बोर्ड गठन स्थगित

03846195-1c00-4057-8cad-2354c3e5108e

कालचिनीः बिहीबारदेखि शुरु भएको ग्राम पञ्चायतको बोर्ड गठन प्रक्रियामा मलङ्गी, साताली र मेन्दाबारी ग्राम पञ्चायतमा येन केन बोर्ड गठन पश्चात शुक्रबार जयगाउँ एक नम्बर ग्राम पञ्चायत, दलसिंहपाड़ा ग्राम पञ्चायत, कालचिनी ग्राम पञ्चायत र चुवापाड़ा ग्राम पञ्चायतको बोर्ड गठन चलिरहेको क्रममा दलसिंहपाड़ा, कालचिनी र चुवापाड़ा ग्राम पञ्चायतमा येन केन शान्तिपूर्वक बोर्ड गठन सम्पन्न भएता पनि जयगाउँ एक नम्बर ग्राम पञ्चायतको बोर्ड गठन प्रक्रियामा भने व्यापक तनाउ भएको कारण जयगाउँ एक नम्बर ग्राम पञ्चायतको बोर्ड गठन स्थगित भएको छ। सबै ग्राम पञ्चायतमा तृणमूलको बोर्ड गठन हुने सुनिश्चितताबीच प्रधान पदलाई लिएर नै दलभित्र तानातानीले गर्दा व्यापक उत्तेजना देखिएको थियो।
यद्यपि कालचिनी, दलसिंहपाड़ा र चुवापाड़ा ग्राम पञ्चायतमा भने तानातानीबीच बोर्ड गठन सम्पन्न भएको प्रशासनिक सुत्रले जनाएका छन्। तथापि चुवावाड़ा ग्राम पञ्चायतको बोर्ड गठनमा ६ वटा पञ्चायत आसन जित्न सफल भएको मेचपाड़ाका तृणमूल समर्थकहरुले प्रधान पदको दाबेदारी राखेकोबीच चुवापाड़ाका सुबान्तीचीक बडाईकलाई प्रधान निर्वाचित गरिएकोमा असन्तोष व्यक्त गरेका छन्। बहुमतले चुनेको प्रतिनिधिलाई पञ्चायत प्रधान दिनुपर्ने तर यसो नभएर पार्टीको व्हिपले बहुमतले नसोँचेको प्रार्थीलाई प्रधान दिएकोमा मेचपाड़ाका तृणमूल समर्थकहरूले आक्रोश व्यक्त गरेका छन्।


अर्कोतिर जयगाउँ एक नम्बर ग्राम पञ्चायतमा जुन युवा पञ्चायतलाई प्रधान निर्वाचित गरिने चर्चा चलिरहेको थियो उसको सट्टा अन्य कसैलाई प्रधान बनाईने कुराको संकेत पाएपछि जयगाउँ एक नम्बर ग्राम पञ्चायत बाहिर तृणमूल समर्थकहरूले व्यापक विरोध गर्दै कालचिनी बीडीओ विरुद्ध हो-हल्ला मच्याएको थियो। यसबीच व्यापक उत्तेजनाबीच बोर्ड गठनलाई स्थगित गरिएको प्रशासनिक सुत्रले जनाएका छन्। सो अवधि दलको पर्यवेक्षकको रुपमा रहेका शम्भू जयसवालले दलभित्र कुनै गुटबाजी नभएको तर केही मतभेदले बोर्ड गठन स्थगित गरिएको र यसको रिपोर्ट पार्टी हाईकमानमा दिईने र पार्टीले यसको उचित छानबीन गरिने जनाएका छन्। यसबीच कालचिनी ग्राम पञ्चायतमा प्रधान पदमा ज्योति गुरुङ र उपप्रधानमा जोगेन्द्र साहुलाई निर्वाचित गरिएको यसरी नै चुवापाड़ा ग्राम पञ्चायतमा प्रधान पदमा सुबान्तीचीक बडाईक र उपप्रधानमा विवेक राणालाई निर्वाचित गरिएको छ। यसरी नै दलसिंहपाड़ा ग्राम पञ्चायतमा प्रधान पदमा माया मंगर आले र उपप्रधानमा दिलीप थापालाई निर्वाचित गरिएको बताईएको छ।

About Author

Advertisement