दरामदिनमा स्वास्थ्य शिविर आयोजित

IMG-20230907-WA0000.jpg

गान्तोक: दरामदिन बजार परिसरमा आज एसबीआई फाउन्डेसन साथै भविष्य भारतको संयुक्त तत्वावधानमा स्वस्थ्य शिविरको आयोजना गरियो। यस शिविरमा निःशुुल्क चिकित्सा शिविरको पनि आयोजना गरिएको थियो जसमा दरामदिन बजार साथै वरिपरिका धेरै रोगीहरु लाभान्वित बने। आजको यस शिविरमा भाग लिनेहरुमध्ये १३५ जनालाई एनसीडी साथै आयुष्मान भारत‍ कार्ड पनि दरामदिन स्वस्थ्य विभागद्वारा उपलब्ध गराउने कार्य सम्पन्न भयो। उक्त शिविरमा धेरै र‍रोगीहरुको निःशुल्क रगत जाँच गरिने कार्य साथै निःशुल्क ओैषधि वितरण पनि गरियो। एसबीआई फाउन्डेसनद्वारा हालै मात्र परिचालन गरिएको मोबाइल भ्यान चिकित्सालयमा रोगीहरुलाई जाँच्ने कार्य गरियो। आजको यस शिविरमा दरामदिन क्षेत्रका पञ्चायत सदस्य गीता शर्माको विशेष उपस्थिति र उनको निगरानीमा सम्पूर्ण चिकित्सा कार्य पूरा गरियो। यस स्वस्थ शिविरलाई सफल बनाउन दरामदिन आशा -का सदस्यवर्ग साथै दरामदिन स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको सक्रिय भूमिका रहेको थियो।

About Author

Advertisement