दरामदिनमा आठवटा एसजेवाइए घरको उदघाटन

IMG_20220613_230949.jpg

गान्तोक। सिक्किम गरीब आवास योजना अन्तर्गत दरामदिन समष्टिमा नवनिर्मित घरहरु उद्घाटन गरियो।क्षेत्र विधायक एवम् मन्त्री एमएन शेर्पाको दिशानिर्देशमा आज सोरेङ जिल्ला दरामदिन समष्टि अन्तर्गत विभिन्न जीपीयूमा आठवटा सिक्किम गरीब आवास योजना अन्तर्गत लाभार्थीहरुको नवनिर्मित घरहरुको उद्घाटन गरियो।

राज्य सरकारको अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बाद्वारा नवनिर्मित आठवटा घरहरु उद्घाटन गरेर लाभार्थीलाई घरको चाबी सुम्पिएका छन्। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको कुशल नेतृत्व अनि गरीब प्रतिको दुरदर्शिता गरीबमुखी सोचको कारणले गर्दा गरीबले पनि पक्का घरमा बस्ने सपना पूरा भएको छ। सिक्किम गरीब आवास योजना राज्यमा करिब ३०५० वटा लाभार्थीहरूलाई पक्का घरहरू उपलब्ध गराउनेछ एसकेएम सरकारले लक्ष्य रहेको छ।

About Author

Advertisement