दरमदिनमा मानव धर्म आश्रमको उद्घाटन

Screenshot_20230309_211412_Samsung-Internet.jpg

सोरेङ: पश्चिम सिक्किम सोरेङ जिल्ला अर्न्तगत दरमदिनमा नवनिर्मित मानव धर्म आश्रम हिजो बुधवार उद्घाटन गरियो। मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्र, सिलगढीकी अध्यक्ष साध्वी महात्मा अदिना बाईजीको बाहुलीबाट मानव धर्म आश्रमको उद्घाटन गरिएको थियो। यो अवसरमा मानव उत्थान सेवा समिति, सिक्किम राज्यले दरमदिनमा मानव धर्म आश्रम निर्माणका निम्ति निःशुल्क जमिन प्रदान गर्ने जमिनदाता दम्पति स्वर्गीय पीआर शर्मा र स्वर्गीय दुर्गा माया शर्माका परिवारका सदस्यहरुलाई अभिनन्दन जनायो। यसरी नै पश्चिम सिक्किमको दरमदिन, सोम्बारे, पक्किगाउँ, रुम्बुक, सोरेङ आदि क्षेत्रहरूमा मानव धर्मको प्रचार प्रसारमा योगदान र्पुयाएका समितिका कर्मठ एवं बुजूर्ग सदस्य जगत प्रधानलाई पनि समितिले अभिनन्दन जनायो। साथै यस क्षेत्रहरूमा मानव धर्म प्रचार प्रसारको गर्न लगातार १३ वर्षसम्म कार्यालय अनि सत्सङ्ग हलका निम्ति निःशुल्क कमरा उपलब्ध गराएकोमा पूर्व विधायक चन्द्रमाया सुब्बालाई पनि मानव उत्थान सेवा समितिले अभिनन्दन जनायो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्र, सिलगढीकि अध्यक्ष साध्वी महात्मा अदिना बाईजीले स्थानीय जनताको आध्यात्मिक विकासको निम्ति यो मानव धर्म आश्रमबाट ठुलो सहयोग पुग्ने बताइन्। मानव धर्मको मञ्यबाट मात्र मानवले अध्यात्म ज्ञानको अनुभुती गर्नसक्ने बताउँदै अध्यक्ष बाईजीले यसको निम्ति मानव धर्मको ढोका सदैव खुल्ला रहेको बताइन्।
कार्यक्रमलाई साध्वी महात्मा ज्ञान बाईजी, साध्वी महात्मा पुष्पवती बाईजी, साध्वी महात्मा सुमती बाईजी अनि मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्र, सिलगढीका मूलसचिव प्रकाश हाङखिम आदिले पनि सम्बोधन गरेका थिए। उद्घाटन कार्यक्रममा सिक्किम राज्यको सबै जिल्ला र छिमेकी पहाड़ दार्जीलिङ अनि डुवर्सबाट आएका भक्तगणको ठुलो सङ्ख्यामा उपस्थिति थियो।

About Author

Advertisement