दक्षिण सिक्किम साहित्य सम्मेलनको सभा सम्पन्न

IMG-20230410-WA0169.jpg

नाम्ची: नाम्ची बजारस्थित दक्षिण सिक्किम साहित्य सम्मेलनको कार्यालयमा आज सो सम्मेलनको जरूरी सभा सम्पन्न भयो। सभाको अध्यक्षता सम्मेलनका अध्यक्ष डा. नयन राईले गरेका थिए। सभामा सम्मेलनका सदस्यहरूले के-कस्ता कार्यभार वहन गर्नु पर्ने र सम्मेलनले गरिरहेका गतिविधी विषय चर्चा-परिचर्चा गरिएको थियो। यस सभाले पाङथाङमा नाबालिकामाथि भएको निर्मम हत्याको घोर भत्सर्ना जनाउँदै यसमा उचित कारबाहीको माग गरेको छ। सभामा उक्त नाबालिकाको आत्मा शान्तिको लागि एक मिनटको मौन प्रार्थना पनि गरिएको थियो। सभाले चाँडै सम्मेलनको कार्यकारीणी समिति विगठन गरेर नयाँ कार्यकारीणी समिति गठन गर्ने निर्णय लिएको छ। सभामा वरिष्ठ साहित्यकार वाङ्दी छिरिङ लामा, थीरूप्रसाद नेपाल, सुरेश सुब्बा वियोगी, सम्मेलनका महासचिव गणेश छेत्री, प्रचार-प्रसार सचिव पेम नर्बु शेर्पा ज्योति आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement