दक्षिण भारतको सुपरस्टारसँग देखिने दीपिका

00-Deepika-Padukone-A

मुम्बई: ‘आरआरआर’को अभूतपूर्व सफलतापछि सुपरस्टार निर्देशक एस.एस. राजामौली अब महेश बाबुसँग अर्को फिल्म बनाउँदैछन्। यति मात्र होइन, दीपिका पादुकोणले यस फिल्ममा महेश बाबुको नायिकाको भूमिका निर्वाह सक्नेछिन्। यो फिल्म राजामौलीका पिता विजयेन्द्र प्रसादले वास्तविक जीवनका घटनाबाट प्रेरित भएर लेखेको बताइएको छ। भर्खरै महेश बाबुले मिडियाको अगाडि भनेका थिए, ‘उनीसँग काम गर्नु मेरो सपना साकार हुने जस्तै हो। गुरु राजामौलीसँग एउटा फिल्म गर्नु भनेको २५ फिल्म गर्नु बराबर हो। यो शारीरिक रूपमा धेरै गाह्रो हुनेछ। म यसको लागि धेरै उत्सुक छु। यो प्यान इन्डिया फिल्म हो। म आशावादी छु कि हामीले धेरै बाधाहरू पार गर्दै हाम्रो कामलाई देशभरका दर्शकहरूमाझ पुर्‍याउनेछौंl’

एसएस राजामौली यतिबेला जापानमा ‘आरआरआर’ को प्रमोशनमा व्यस्त छन्। उनले अर्को वर्षदेखि फिल्ममा काम गर्ने छन्। स्रोतका अनुसार यो फिल्मको शीर्षक ‘एसएसएमबी’ हुनसक्छ जुन एक साहसिक नाटक हो र यो २०२३ सम्ममा ठूलो पर्दामा देखिनेछ। दीपिका र महेश बाबुले सँगै स्क्रिन सेयर गरेको यो पहिलो पटक हो। यसैबीच, दीपिका अहिले ‘प्रोजेक्ट के’ नामको अर्को प्यान-इण्डिया फिल्ममा व्यस्त छिन् जहाँ उनी प्रभास, अमिताभ बच्चन र सुनील शेट्टीसँगै देखिनेछन्। कोभिड–१९ महामारीका कारण एक वर्ष ढिलो भएको यो चलचित्रलाई नाग अश्विनले निर्देशन गरेका हुन्।

 

About Author

Advertisement