दक्षिण धुपझोड़ामा हात्तीको ताण्डव, धेरै घर क्षतिग्रस्त

IMG-20230528-WA0320-5-300x172-6

सिलगढ़ीः जिल्लाको मेटेली ब्लकको दक्षिण धूपझोड़ा क्षेत्रमा हात्तीको ताण्डव दिनदिनै बढ्दै गइरहेछ। हिजो राति पनि हात्तीले क्षेत्रमा ताण्डव मचाएको छ, जसमा चार वटा घरहरूलाई क्षति पुगेको छ। जबकि घरहरूमा राखेको अनाज पनि खाएको छ।

स्थानीय सूत्रहरू अनुसार, हिजो राति लगभग १२ बजी एउटा हात्ती गोरूमारा जंगलबाट निस्केर मानश्वरपारा र कायेतपारा क्षेत्रमा पस्यो। जसपछि हात्तीले मानश्वरपाराको प्रकाश ओरावको घरको पर्खाल तोडदै घरभित्र पस्यो। यसपछि घरमा राखेको अनाज खायो। यति मात्र होइन हात्तीले अबेर राति कायेतपारा निवासी नकाश राय, कपनाथ राय र दीपक रायको घरमा हमला गरी सबै तहस-नहस गऱ्यो। त्यसपछि घरमा राखेको चामल र अन्य खाद्य सामग्री खायो। लगभग एक घण्टासम्म क्षेत्रमा उत्पात मचाएपछि हात्ती जंगलतिर फर्क्यो।

घटनाको खबर पाएर आज मटियाली पञ्चायत समितिका अध्यक्ष हुसैन हबीबुल हसन, धुपझोड़ा बिटका वनकर्मी, स्थानीय पञ्चायत सदस्य बिटेन राय र वन सुरक्षा समितिका सदस्यहरूले प्रभावित क्षेत्रको भ्रमण गरे। हबीबुलले भने, वन विभागले प्रभावितहरूलाई क्षतिपूर्ति दिओस्, यसमाथि चर्चा भएको छ। साथै मटेली ब्लकमा वन विभागको एक स्क्वाड टीम राख्नका लागि पनि भनिएको छ।

About Author

Advertisement