दक्षिण अफ्रिकाका वियान मुल्डरले अविजित ३६७ रनको साथ बनाए एकाधिक रेकर्ड

IMG-20250708-WA0001

बुलावायो: दक्षिण अफ्रिकी क्रिकेटर वियान मुल्डरले जिम्बाब्वेविरुद्ध दोस्रो टेस्ट म्याचको दोस्रो दिन अविजित ३६७ रन बनाएर एकाधिक रेकर्ड तोड़े। मुल्डरले दक्षिण अफ्रिकाको पहिलो ईनिंग्समा टेस्ट इतिहासको दोस्रो सबैभन्दा तेज ट्रिपल सेञ्चुरी बनाए। ३३४ बल खेलेर ४९ वटा चौका र ४ वटा छक्का लगाए। मुल्डरले म्याचमा टीमको कप्तानी पनि गरिरहेका छन् अनि टेस्टमा ट्रिपल सेञ्चुरी बनाउने उनी दक्षिण अफ्रिकाका पहिलो कप्तान हुन्। मुल्डरले केवल २९७ बलमा आफ्नो ट्रिपल सेञ्चुरी पूरा गरे। टेस्ट क्रिकेटमा सबैभन्दा तेज ट्रिपल सेञ्चुरी बनाउने रेकर्ड भारतका वीरेन्द्र सहवागको नाममा रहेको छ। उनले २००८-मा दक्षिण अफ्रिकाविरुद्ध चेन्नईमा २७८ बलमा ट्रिपल सेञ्चुरकी बनाएका थिए। मुल्डर टेस्ट क्रिकेटमा ट्रिपल सेञ्चुरी बनाउने दक्षिण अफ्रिकाका दोस्रो क्रिकेटर हुन्। यसअघि हाशिम अमलाले २०१२-मा ईंग्ल्याण्डविरुद्ध अविजित ३११ रन बनाएका थिए। मुल्डर टेस्ट कप्तानको रूपमा आफ्नो पहिलो म्याचमै ट्रिपल सेञ्चुरी बनाउने पहिलो क्रिकेटर पनि बने। उनले बनाएको अविजित ३६७ रन टेस्ट क्रिकेट इतिहासको पाँचौं सर्वाधिक स्कोर हो। यस सूचीमा वेष्ट इण्डिजका ब्रायन चार्ल्स लारा शीर्षमा छन्, जसले २००४-मा ईंग्ल्याण्डविरुद्ध अविजित ४०० रन बनाएका थिए। दक्षिण अफ्रिकाले ५ विकेटमा ६२६ रनको विशाल स्कोर बनाएर पहिलो ईनिंग्स घोषित गऱ्यो।

About Author

Advertisement