थार्पा मणि लाखाङमा वज्र गुरु मन्त्र जाप शुरू

n517895156168918216595470e57d27e8ded90e19506a93190250296b00e6f4f895722b8b3d9e552623b869.jpg

गान्तोकः राजधानीको ताथाङ्गचेनस्थित ग्रार्ड्स ग्राउण्ड छेउ थार्पा मणि लाखाङमा वज्र गुरु मन्त्र जाप शुरू भएको छ। आज, बुधवारदेखि शुरू उक्त धार्मिक अनुष्ठान आगामी १७ दिनसम्म जारी रहनेछ।

वज्र गुरु मन्त्र जाप आयोजक समितिले सम्पूर्ण भक्तजनलाई उक्त अनुष्ठानमा सहभागी भइदिन अपील गरेको छ। वज्र गुरु मन्त्र जाप विश्व शान्ति र संवेदनशील प्राणीहरूको कल्याणको निम्ति आयोजना भइरहेको जानकारी गराइएको छ। अनुष्ठान २८ जुलाईका दिन समाप्त हुनेछ।

About Author

Advertisement