थापाधुरा र स्काईलार्क युथ क्लब विजयी

photocollage_2023723104510358.jpg

२३ जुलाईः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा स्काईलार्क युथ क्लब (एसकेवाईसी)-ले अप्पर मामरिंगलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुशान्त प्रधान र अंकित ताामङले २-२ गोल गरे। अप्पर मामरिंगबाट उदय राईले गोल गरे। यसरी दोस्रो म्याचमा थापाधुरा युथ क्लब (टीडीवाईसी)-ले जीटी बोइज जूनियरलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सेमुएल लामाले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement