थाङ्का चित्रकार भोटियाको राज्यपालसँग शिष्टाचार भेट

गान्तोक। थाङ्का चित्रकार खाण्डू वाङ्गचुक भोटियाले आज सिक्किमका राज्यपाल गंगा प्रसादसँग राजभवन परिसरमा शिष्टाचार भेट गरे। भोटिया देशको चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’ पुरस्कार विजेताहरूको सूचीमा सामेल छन्। २८ मार्च, २०२२ मा उनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा राष्ट्रपतिले कला श्रेणीमा प्रतिष्ठित पुरस्कारले सम्मानित गरेका थिए।

राजभवनद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, सिक्किम थाङ्का चित्रकलामा भारतको उत्तर पूर्व क्षेत्रका लोकप्रिय राज्यहरू मध्ये एक हो। खाण्डू वाङ्गचुक भोटिया सिक्किमको सबैभन्दा प्रमुख स्वतन्त्र थाङ्का कलाकारहरू मध्ये एक हुन्। उनी १५ सालको उमेरदेखि आफ्नो कलाको अभ्यास गरिरहेका छन्।

राज्यपालले भोटियासॅंगको भेटलाई सुखद बताउँदै उनलाई बधाई एवं शुभकामना दिए। उनले यो कलालाई पुस्तौंसम्म कायम राख्न हर सम्भव प्रयास गर्न प्रोत्साहन प्रदान गरे।

About Author

Advertisement