थाङसिङमा भीषण पैह्रोले महिलाको दुःखद मृत्यु

IMG-20250910-WA0134

गेजिङ: गेजिङ बर्मेक निर्वाचन क्षेत्रअन्तर्गत थाङसिङमा गएराति अविरल वर्षापछि आएको भीषण पैह्रोले एक स्थानीय महिलाको ज्यान लिएको छ। प्राप्त जानकारीअऩुसार ४५ वर्षीया विष्णुमाया पोर्तेलको पैह्रोमा परी ज्यान गएको हो। उनको श्रीमान् कमल पोर्तेल गम्भीर घाइते भएका छन। घरमाथिबाट खसेको पैह्रोमा परेर असामयिक रूपमा ज्यान गुमाएको हो। अचानक आएको विपत्तिले परिवार शोकमा डुबेको छ। सिक्किमको हिमाली भौगोलिक संरचनाले प्रत्येक वर्ष लगातार वर्षासँगै यस्ता प्राकृतिक आपदाको जोखिम बढाउने गरेको छ। जसले अनेक परिवारलाई पीडा पुऱ्याउने गरेको छ।
उक्त घटनापछि विभागीय अधिकारी पञ्चायत र स्थानीय नागरिकहरुले निरीक्षण गरेका थिए।

About Author

Advertisement