मिरिक: सोमबारमिरिकमा हाम्रो पार्टीका प्रवक्ता लाडुप घिसिङ र पार्टीका स्थानीय नेताहरुको टोलीले थर्बु चिया बगान अस्पतालको भ्रमण गर्योl यस भ्रमणमा स्थानीय आगन्तुकहरू र वरिष्ठ चिकित्सा अधिकारी डा. अरूप दासलाई उनीहरूले भेट गरेl यसलाई स्थानीय निवासीहरू र लाडुप घिसिङले ‘सबैका लागि वरदान’ भनेका छन्। अप्ठ्यारो परिस्थितिमा चिया बगानका मजदुर र चिकित्सा सहायता लिन चाहने सबैलाई डा. अरूपको प्रयास र सेवा एउटा उदाहरण रहेलो घिसिङले बताए।
यसै अवसरमा कार्यक्रम आयोजना गरिएको थियो। सोही अवसरमा घिसिङले यस्तो विचार व्यक्त गरेका हुन्। हाम्रो पार्टी केन्द्रीय समितिका प्रवक्ता लाडुप घिसिङले यस अवसरमा भने ‘आवश्यकताको समयमा हामी जनताको हितका लागि राजनीतिको साँघुरो पर्खालभन्दा माथि उठ्नुपर्छl’ उनले चिया बगानमा काम गर्ने श्रमिक र कर्मचारीहरूको अधिकारको लागि सधैँ आवाज उठाइरहने बताए। लाडुप घिसिङ, २३ निर्वाचन क्षेत्रका उपाध्यक्ष दिनेश गिरी, ट्रेड युनियनका प्रतिनिधि मित्र गोले, केशव शर्मा, सरोज राई, रितेश तामाङ, अमृत तामाङ लगायतले अमूल्य सेवाका लागि डा अरूपलाई धन्यवाद दिँदै सफलताको कामना गरेका छन्। हाम्रो पार्टी, गोर्खा स्वाभिमान सङ्घर्ष र एडवर्ड्स फाउन्डेसनको तर्फबाट आधिकारिक कुन्दन रजकले मेडिकल किटको सहयोग प्रदान गरेl









