थर्बु उच्चतर माध्यमिक विद्यालयको उच्च माध्यमिक परीक्षामा उत्कृष्ट प्रदर्शन

photocollage_202459204429858.jpg

मिरिक: मिरिकको थर्बु उच्चतर माध्यमिक विद्यालयको उच्च माध्यमिक परीक्षाको फलाफल उत्कृष्ट भएको छ। यस बर्ष जम्मा२८ जना छात्र र ४२ जना छात्राहरुले परीक्षा लेखेका थिए। छात्रा प्रिती गुरुङले ८४% अङ्क ल्याएर विद्यालय टप्पर बनेकी छिन्। यसै क्रममा युना जोगीले ७८.४%, सुस्मिता विश्वले ७७%,प्रतिक शर्माले ७४.८%अनि सुभेक्षा प्रधानले ६९.४%अङ्क लिए पहलो श्रेणीमा उत्तीर्ण भएका छन्। जम्मा सातजना छात्रा र ४ जना छात्रहरू पहिलो दर्जामा उत्तीर्ण भएका छन्। ७० जनामध्ये २ जना असफल भएका छन् भने अन्य विद्यार्थीहरु दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन्। उत्कृष्ट प्रदर्शन गरेवापत् शिक्षक प्रभारी मणिकुमार प्रधानले विद्यार्थी नानीहरूलाई शुभकामना व्यक्त गरे साथै उज्ज्वल भविष्यको कामना गरे। शिक्षक प्रभारी मणिकुमार प्रधानले सम्बन्धित शिक्षक/शिक्षिकावर्गलाई पनि विद्यालयको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन्।

यस वर्ष माध्यमिक परीक्षामा पनि थर्बु उच्चतर माध्यमिक विद्यालयको प्रदर्शन उत्कृष्ट रह्यो।९८% विद्यार्थीहरु उत्तीर्ण भएका थिए। विद्यालयको परीक्षाफलबारे विद्यालय पक्ष अनि विद्यालय सञ्चालन समितिले सन्तोष व्यक्त गरेका छन्।

About Author

Advertisement