थर्पु विद्यालयमा नशालु पदार्थमाथि प्रेरणामुखी कार्यक्रम आयोजित

IMG-20230603-WA0229.jpg

गान्तोक: गैर सरकारी संस्था सारथी संगठनले केही दिनदेखि राज्यको विभिन्न विद्यालयमा पुगेर नशालु पदार्थको प्रयोग, मूल्यमा आधारित शिक्षा र मानसिक स्वास्थ्य तथा कल्याण सम्बन्धी दोस्रो चरणको परामर्श तथा प्रेरक कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसै क्रममा सोरेङ जिल्लास्थित थर्पु माध्यमिक विद्यालयमा पनि विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लिएर प्रेरणामुखी कार्यक्रम आयोजना गऱ्यो। उक्त कार्यक्रममा सारथी संगठनका प्रमुख संरक्षक रोहित राज महाराज मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, लगायत शिक्षा विभागका अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै शर्माले नानीहरूको पहिलो शिक्षिका आमा हुने भएकाले नैतिक र मूल्यमा आधारित शिक्षा घरबाटै शुरु हुने जानकारी गराए।उनले राज्यको घट्दो जन्मदरको विषयमाथि पनि प्रकाश पारे। नियमित अध्ययन र पाठ्यक्रम बाहेक विद्यार्थीहरूलाई सकारात्मक विचार र नैतिक शिक्षा दिन शिक्षकहरूलाई आग्रह गरे।

सोही प्रकारले रोहितराज महाराजले लागुऔषध दुरुपयोग, आत्महत्या, मानसिक स्वास्थ्य प्रवर्द्धन र नैतिक मूल्यमा आधारित शिक्षामाथि पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा प्रस्तुत गरे।

About Author

Advertisement