त्रिम्बकेश्वर मन्दिरमा बलजफ्ती प्रवेशको हुनेछ एसआईटी जाँच: देवेन्द्र फडणवीस

nat

मुम्बईः उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलवार भने, नासिक जिल्लाको त्रिम्बकेश्वर मन्दिरमा बलजफ्ती प्रवेशको अनुसन्धान विशेष जाँच दल (एसआईटी)-द्वारा गराइनेछ। एसआईटीले गत वर्ष पनि मन्दिरमा भएको बलजफ्ती प्रवेशको जाँच गर्नेछ। अहिलेघरि मन्दिरको वरपर स्थिति नियन्त्रणमा छ। गए सोमवार उरूस अवधि कतिपय मानिसहरूले त्रिम्बकेश्वर मन्दिरमा बलजफ्ती प्रवेश गर्ने प्रयास गरेका थिए। मन्दिर प्रशासनले तिनीहरूलाई रेक्ने प्रयास गर्दा मन्दिर वरपर तनाउको स्थिति सृजना भएको थियो। पुलिस र मन्दिर प्रशासनको हस्तक्षेपले तनाउ शान्त भएको छ।

त्यसपछि ब्राह्मण महासंघले मामिलाको गहन जाँच गरी कारबाही गर्ने माग गरेको छ। कारबाही गरिएन भने उग्र आन्दोलन गर्ने चेताउनी समेत महासंघले दिएको छ। ब्राह्मण समाजको उक्त मागलाई मध्यनजर गर्दै उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले पत्रकारहरूलाई बताए, उनले यस मामिलामा एसआईटी जाँचको आदेश दिएका छन्। यो जाँच महानिरीक्षक स्तरका अधिकारीहरूको नेतृत्वमा गरिनेछ। अब एसआईटीले गत वर्ष भएको यस्तै किसिमको बलजफ्ती प्रवेशको पनि जाँच गर्नेछ।

-हिस

About Author

Advertisement