त्रिपुरामा हतियार र मादक पदार्थको साथमा तस्कर पक्राउ

3745037-111-1.webp

अगरतला: त्रिपुरामा हतियार र मादक पदार्थको साथमा एक तस्करलाई पक्राउ गरिएको छ। त्रिपुरा पश्चिम जिल्लाका पुलिस अधीक्षक डा किरण कुमारले आज भने, पश्चिम जिल्लाको सीमावर्ती क्षेत्र माटीनगर गाउॅंबाट एक व्यक्तिलाई पक्राउ गरिएको छ। उक्त व्यक्तिबाट ३५ लाख रूपियॉं मूल्यको भारी मात्रामा हतियार र याबा ट्याबलेट जफत गरिएको छ।

पुलिस अधीक्षकले भने, आमतली थाना पुलिसको सीमा सुरक्षा बलबाट प्राप्त सूचनाको आधारमा पश्चिम जिल्लाको सीमावर्ती क्षेत्र माटीनगरबाट एक व्यक्तिलाई हतियार र नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। बीएसएफ र त्रिपुरा पुलिसले सुन्दर अलीको घरमा एक संयुक्त अभियान चलायो। उसको घरबाट ५० हजारभन्दा धेरै याबा ट्याबलेट, एउटा सेमी इम्प्रोवाइज्ड ७.६ केलिबरको पेस्तोल, सातवटा जिउॅंदो कारतूस र २३ हजार रूपियॉं विदेशी मुद्रा जफत गरिएको छ।

About Author

Advertisement