त्रासदीको छैटौं दिन मृतकहरूको संख्या ३६ पुग्यो, ८० बेपत्ता

IMG-20231005-WA0200.jpg

गान्तोक: उत्तर सिक्किममा दक्षिण ल्होनाक झील फुटेपछि टिस्टा नदीमा आएको बाढ़ीको चपेटमा परेर मर्नेहरूको संख्या बढ़ेर ३६ पुगेको छ। यसैगरी, गम्भीर रूपमा घाइते व्यक्तिहरूको संख्या २८ रहेको छ भने ८० जना बेपत्ता छन्।

सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले जारी गरेको रिपोर्ट अनुसार, सोमवार राति आठ बजीसम्म राज्यमा मृतकहरूको संख्या ३६ पुगेको छ। आइतवार मृतकहरूको संख्या ३३ थियो भने अझ तीन जनाको मृत्यु भएको पुष्टि भएपछि संख्या बढ़ेर ३६ पुगेको छ। यसरी नै घाइतेहरूको संख्या २८ पुगेको छ भने हिजोसम्म २६ रहेको थियो।

बाढीको चपेटमा परेर मर्नेहरूको सर्वाधिक संख्या पूर्व सिक्किमको पाकिम जिल्लामा रहेको छ। यहॉं अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ जसमा १० जना भारतीय सेनाका जवानहरू पनि सामेल छन्। यस अतिरिक्त, गान्तोक जिल्लामा ६ जना, मंगन जिल्लामा ४ जना र नाम्ची जिल्लामा २ जनाको मृत्यु भएको छ।

बाढीले ९० गाउॅं/वार्ड/नगर पञ्चायतका कुल ८७ हजार ३०० प्रभावित बनेका छन्। बाढीले मंगन, गान्तोक र नाम्चीको कुल १४ वटा पुल ध्वस्त बनाएको छ। उक्त चार जिल्लामा कुल १४ राहत शिविर स्थापित गरिएका छन् भने यहॉं पॉंच हजारभन्दा धेरै मानिसहरूले आश्रय लिएका छन्।

टिस्टा नदीमा जलप्रलय आएको आज छैटौं दिन मौसम अनुकूल बनेपछि उत्तर सिक्किममा फसेका मानिसहरूलाई निकाल्ने काम शुरू गरियो। यस क्रममा भारतीय वायु सेनाका एमआई १७ र चिनूक हेलीकप्टरले ४९३ जना पर्यटक र ९ जना स्थानीय मानिसहरूलाई सुरक्षित रेस्क्यू गरेको छ।

About Author

Advertisement