त्योङसी सिरिजङ्गाको प्रतिमा स्थापना दिवस पालन

IMG-20241203-WA0248

गेजिङ: मानेबुङ देन्ताम क्षेत्रको हि याङ्थाङ वार्डमा ७औं त्योङसी सिरिजङ्गा प्रतिमा स्थापना दिवस समारोह २०२४ भव्यताका साथ मनाइएको छ। यो दिवस महान लिम्बू समाजका दार्शनिक एवं सांस्कृतिक प्रतीक त्योङसी सिरिजङ्गाको अमूल्य योगदानलाई सम्मान गर्ने उद्देश्यले मनाइन्छ। कार्यक्रममा मुख्य अतिथिका रूपमा रिन्चेबुङ क्षेत्रका विद्यायक इरुङ तेन्जिङ लेप्चा उपस्थित थिए। साथमा, गेजिंग बर्मेक क्षेत्रका विधायक लोकनाथ शर्मा र मानेबुङ देन्ताम क्षेत्रका विधायक तथा कार्यक्रमका सल्लाहकार सुदेश कुमार लिम्बूको उपस्थिति थियो। समारोहमा लिम्बू समुदायको भाषा, परम्परा, र सांस्कृतिक सम्पदाको महत्त्वलाई उजागर गर्ने विभिन्न सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। अतिथिहरूले त्योङसी सिरिजङ्गालाई श्रद्धाञ्जली अर्पण गर्दै बहुसांस्कृतिक एकता र परम्पराको संरक्षणको आवश्यकता्माथि जोड दिए। साथै, स्थानीय संस्कृतिको सम्मान र पर्यटन विकासका लागि यसको प्रभावकारी उपयोग गर्न जोड दिए। कार्यक्रमले त्योङसी सिरिजङ्गाको ऐतिहासिक योगदानलाई मात्र होइन, सांस्कृतिक धरोहरको महत्त्वलाई पनि पुनः स्थापित गर्‍यो। यो दिवसले हालका र भावी पुस्तालाई एकता, परम्परा, र सांस्कृतिक गौरवको प्रेरणा प्रदान गर्दै आएको छ। समारोहको उत्साहले लिम्बू समुदायको सांस्कृतिक सम्पदा र एकताको भावना झल्काएको छ, जसले क्षेत्रीय र राष्ट्रिय पर्यटनलाई प्रवर्द्धन गर्ने सम्भावना पनि बोकेको छ।

About Author

Advertisement