तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्टः ११ माईल चर्च च्याम्पियन

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-को तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा लोप्चुको ११ माईल चर्च च्याम्पियन भयो। अमिर राईको अध्यक्षतामा लोप्चु जनमैदानमा आइतवार भएको फाइनल म्याचमा ११ माईल चर्चले युनाइटेड एफसी दार्जीलिङलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलमा मुख्य अतिथिको रूपमा जीटीए-का एक्जीक्यूटिभ मेम्बर रतन कुमार थापा उपस्थित थिए। यसरी नै विशिष्ट अतिथिको रूपमा नवराज छेत्री (मेम्बर जीटीए), मणिप्रसाद राई (मेम्बर जीटीए), स्वर्गीय सशिता छेत्रीकी सुपुत्र रुजेश छेत्री उपस्थित थिए।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः करण राई
बेस्ट गोलकीपरः रिषप छेत्री
बेस्ट डिफेण्डरः लरेन्स छेत्री
हाईएस्ट स्कोररः आमिर लामा (७ गोल)
प्लेयर अव् द टुर्नामेण्टः गणेश लिम्बु
फेयर प्ले ट्रफीः दार्जीलिङ पुलिस

About Author

Advertisement