तृणमूल समर्थकहरू भाजपामा सामेल

0e6e304e-a904-481d-b54b-12b250aebfed

कालचिनीः पञ्चायत चुनाउ साथै लोकसभा निर्वाचनमाथि गिद्धे नजर राखेर सम्पूर्ण राजनैतिक दलहरूले आ-आफ्नो राजनैतिक गतिविधि तेज गरिरहेको क्रममा यतिखेर तृणमूलले भाजपा निर्वाचित सांसद औ विधायकहरूको घर घेराउ कर्मसूची पालन गरीरहेको छ। अर्कोतिर भाजपाले पनि आफ्नै तरीकाले राजनैतिक क्रियाकलाप अघि बढ़ाईरहेको बेला आइतबार कालचिनी विधायक विशाल लामाको उपस्थितिमा भाटपाड़ा चियाबारीका तृणमूल नेता अर्जुन राईको नेतृत्वमा प्रायः ५० जना तृणमूल समर्थकहरू भाजपामा सामेल भए।
तृणमूलमा बसेर ट्रेड यूनियनको कामहरू चलाएको तर यसको श्रेय‌ पार्टीले नहेरी काम गरेको र वर्तमान समयमा गोर्खा र आदिवासीहरूलाई शरणार्थी बनाउने षड़यन्त्रको आभास पाएको र पट्टाको नाममा चियाश्रमिकहरूलाई अन्धकारमा राखेकोले तृणमूल छोड़ेर भाजपामा सामेल भएको अर्जुन राईले जनाएका छन्। तृणमूल छोड़ेर भाजपामा सामेल भएकाहरूलाई कालचिनी विधायक विशाल लामाले खदा पहिराएर स्वागत गरेपछि भाजपाको झण्डा सुम्पिन्दै आगामी दिनमा सबै मिलेर क्षेत्रको विकासको काम गर्ने र आगामी पञ्चायत चुनाउमा भारी मतले भाजपा प्रार्थीहरूलाई विजय गराउने सङ्कल्प लिनुपर्ने आह्वान गरेका छन्।

About Author

Advertisement