तृणमूल विरुद्ध विविध भ्रष्टाचारको आरोप लगाउँदै डीवाईएफआई द्वारा एसडीओ अभियान

IMG_20220902_173258.jpg

सिलगढी: तृणमूल विरुद्ध विविध भ्रष्टाचारको आरोप लगाउँदै डीवाईएफआई दार्जिलिङ जिल्ला कमिटीले आज एसडीओ अभियान चलायो। चोर धरो जेल भरो-को नारा लगाउँदै संगठनका सदस्यहरूले आज एउटा याली निकाले। अर्कोतिर, उक्त न्यालीलाई रोक्नको लागि अगावै विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। उक्त प्याली महकुमा कार्यालय अघि पुग्नसाथ पुलिसले यलीलाई अघि बढ्न नदिएपछि संगठनका सदस्यहरू सडकमै बसेर विक्षोभ प्रदर्शन गरे। यसपछि दार्जिलिङ जिल्ला डीवाईएफआई-का सचिव सचिन खाती लगायत अन्य ६ जनाको प्रतिनिधि टोली महकुमाशासक कार्यालय गएर ९ सूत्रीय मागमा ज्ञापन पत्र चढायो। यस अवसरमा सचिन खातीले भने, तृणमूल नेता तथा मन्त्रीहरूलाई पक्राउ गरिनुपर्ने माग गर्नको साथै सिलगढी नगरनिगम अभियान अवधि नेताहरूमाथि लगाइएको झुटो आरोप फिर्ता लिइने मागमा आज आफूहरूले उक्त अभियान चलाएको हो। चाँडै उक्त माग पुरा नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

About Author

Advertisement