तृणमूल पञ्चायत सदस्य भाजपामा सामेल

ed7a3cb2-6811-437a-b12a-59f097cba432

कालचिनीः पञ्चायत चुनाउको घोषणा हुन अघि नै डुवर्समा राजनैतिक क्रियाकलापले तिव्रता समाउन थालेको छ। दलीय झण्डा फेर्ने औ योगदान कार्यक्रम अघि बढ़िरहेको क्रममा मंगलबार सेन्ट्रल डुवर्स चियाबारीको पाना डिभिजन पार्ट नम्बर ११/९१-९२ का तृणमूल निर्वाचित पञ्चायत सदस्य रितेश ठटालले आफ्नो ५० भन्दा अधिक समर्तकहरू लिएर भाजपामा सामेल भएका छन्। कालचिनी स्थित भाजपा ८ नम्बर मण्डल कार्यालयमा सम्पन्न योगदान कार्यक्रममा तृणमूल छोड़ेर आएका पञ्चायत सदस्य रितेश ठटाल र तिनको समर्थकहरूले कालचिनी विधायक विशाल लामा लगायत भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामाको हातबाट भाजपाको झण्डा समाएको थियो भने भाजपामा सामेल भएका सदस्यहरुलाई कालचिनी विधायक विशाल लामाले पार्टीको खदा पहिराएर स्वागत जनाएको थियो।
तृणमूल छोड़ेर भाजपामा सामेल हुने कारण बताउँदै पञ्चायत सदस्य रितेश ठटालले पार्टीमा रहेर पनि पार्टीको सभा र कार्यक्रमको सूचना नपाएको र पार्टीले कुनै महत्व दिन नखोजेको आरोप लगाउँदै भाजपालाई आगामी पञ्चायत चुनाउमा चुवापाड़ा ग्राम पञ्चायत क्षेत्रबाट भारी मतले विजयी बनाउने जनाएका छन्।
योगदान कार्यक्रम सम्बन्धमा भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामाले धेरै मानिसहरू जनप्रतिनिधि तृणमूलसित खुसी नरहेकोले भाजपासित सम्पर्कमा आईरहेको र अझै धेरै जनप्रतिनिधिहरू र नेताहरु भाजपामा सामेल हुने र आगामी पञ्चायत चुनाउमा भाजपाको शतप्रतिशत विजय हुने बताएका छन्।

About Author

Advertisement